• गृहपृष्ठ
  • विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा’ (भिडियो सहित)

विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा’ (भिडियो सहित)

Apr 18th, 2021

काठमाडौ, बैशाख ५

नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन् ।

लाकडाँकको निर्देशनमा रहेको यस गीतलाई स्यम लाकडाँकले संगीत भरेका छन । मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ । युवा अवस्थामा भएका जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिका विचको मायालाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको निर्देशक नौभाग्यले बताए ।

‘तिम्रो मनमा गीतको भिडियोलाई लाकदाकले छायाँकन तथा सम्पदादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ । यसमा विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको रोमान्टिक र जीवन्त अभिनय रहेको छ ।