• गृहपृष्ठ
  • गीतकार दीपक बस्नेतको नयाँ गीत बजारमा (हेर्नुस् भिडियाे)

गीतकार दीपक बस्नेतको नयाँ गीत बजारमा (हेर्नुस् भिडियाे)

Apr 16th, 2021

काठमाडौ, बैशाख ३

गीतकार दीपक बस्नेतको नया गीत बजारमा आएको छ । मेहफिल शिर्षकमा रहेको गीतमा गजलकार तथा गायक जगदिश समालले स्वर दिएकाछन ।

अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा प्रियजन राइको निर्देशन रहेको छ भन् ए गितमा दीपक बस्नेतले संगीत भरेका छन् । गीतको म्यूजिक भिडयोको छायांकन रोबिन दोङले गरेका छन् । कोरियोग्राफी दिपक गुरुङको रहेको छ ।

गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ ।