• गृहपृष्ठ
  • सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

Apr 15th, 2021

काठमाडौँ, २ वैशाख /रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गर्नुभयो ।

दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्नुहुने छ । आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ । सो अवसरमा सरकारका प्रवक्ता गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।