• गृहपृष्ठ
  • आइसिटी क्षेत्रमा योगदान पुर्याउनेलाई पुरस्कार

आइसिटी क्षेत्रमा योगदान पुर्याउनेलाई पुरस्कार

Apr 15th, 2021

काठमाडौँ, २ वैशाख /रासस

सरकारले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न पाँच विधामा आवेदन दिन एक सूचना जारी गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सो पुरस्कार वितरण गर्ने बताइएको छ । सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थामध्येबाट सर्वोत्कृष्टलाई पाँच विधामा पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर)र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवद्र्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारमको ढाँचा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । यही वैशाख ४ गतेभित्र आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम ष्अतबधबचम२mयअष्त।नयख।लउ इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिनेछ ।