• गृहपृष्ठ
  • बिहीबार थपिए ५३४ सङ्क्रमित, १५७ जना डिस्चार्ज

बिहीबार थपिए ५३४ सङ्क्रमित, १५७ जना डिस्चार्ज

Apr 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, बैशाख २

बिहीबार थप ५३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार १५२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १५२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ जना छन् । हालसम्म २३ लाख २९ हजार ५४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ।