• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

Apr 15th, 2021

काठमाडौ, बैशाख २

नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज बिहिबार २० दसमलव ६७ अंकलले बढेर २७ सय ३५ दसमलव ४६ अंकमा पुुग्दा सेन्सिटिभ पनि छ दसमलव १७ अंकले बढेर चार सय ९२ दसमलव ४४ अंकमा चढेको छ । आज दुु्ई सय १८ वटा कम्पनीहरुको ९५ हजार सात सय ३७ पटकको कारोवारमा एक करोड ९० लाख २० हजार पाँच सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार छ सय ५९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा टे«डिङ र जलबिद्युुत समुहको सुचकहरु घटेर बाँकी समुहको सुचकहरु भने उच्च बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव चार अंकले बढेर १९ सय चार दसमलव छ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया लघुुुबित्त बित्तीय संस्था परेको छ ।