• गृहपृष्ठ
  • सामसङले एनसेलसँगको सहकार्यमा ‘नयाँवर्ष, एक्सचेन्ज को हर्ष’ योजनाा

सामसङले एनसेलसँगको सहकार्यमा ‘नयाँवर्ष, एक्सचेन्ज को हर्ष’ योजनाा

Apr 15th, 2021

काठमाडौ, बैशाख २

नेपालको सबै भन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात फिचर फोन नयााँ फोरजी चल्ने स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङको तर्फबाट ग्राहकले नयाँफोरजीचल्ने स्मार्टफोन पाउँछन् । नयाँवर्ष योजना ‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् । एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम०२ माग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सीएम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।
आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्कालनयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँफोन लिनदुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ ।