• गृहपृष्ठ
  • एनआईबीएल एस क्यापिटलद्धारा सचेतनामुलक कार्यक्रम सञ्चालन

एनआईबीएल एस क्यापिटलद्धारा सचेतनामुलक कार्यक्रम सञ्चालन

Apr 15th, 2021

काठमाडौ, बैशाख २

एनआईबिएल एस क्यापिटल लिमिटेडले सचेतनामुुलक कार्यक्रम सञ्चालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको क्यापिटलले नेपालमा के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमि, बौद्ध, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको हो ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुला मुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजना संचालन गरिरहेको क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रममार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूंजी बजार संग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।

यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।