• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट

Apr 15th, 2021

काठमाडौ, बैशााख २

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन होटल चितवन प्रा. लि. (द फर्न रेसिडेन्सी) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यो सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५ प्रतिसतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।