• गृहपृष्ठ
  • ‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक (हेर्नुस् भिडियाे)

‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 15th, 2021

काठमाडौ, बैशाख २

मेलवर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतीमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ ¥याप गीत सार्वजनिक भएको छ । मेक मनी रेकर्डस्ले यस गीत तयार गरेको हो । मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रडक्सनले गरेको हो । गीतको भिडियोलाई युट्युबमा ५० हजारभन्दा धेरैले हेरिसकेका छन् ।

ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका छन् । भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार,उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिजना श्रेष्ठले नृत्य गरेका छन् ।