• गृहपृष्ठ
  • ‘पढाईको नयाँ फण्डा–मेरो स्कुल’ सार्वजनिक ,के हो मेरो स्कुल ?

‘पढाईको नयाँ फण्डा–मेरो स्कुल’ सार्वजनिक ,के हो मेरो स्कुल ?

Apr 15th, 2021

काठमाडौ, बैशाख २

एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ । कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षितगर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधि कै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो । ‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ ।

के हो मेरो स्कुल ?

मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाउनु हुनेछ । यसका साथै यहाँ तपाईले पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सक्नुहुनेछ ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएकाहुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईहरुले डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि पाउन सक्नुहुनेछ । यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिने छ ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरि पढ्न सक्नेछन् । अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।