सवारी दुर्घटनामा परी मृत्यु

Apr 15th, 2021

काठमाडौं, २ वैशाख

काठमाडौं, गुल्मी, महोत्तरी, चितवन, बर्दिया, पाँचथर, भक्तपुर, बारा र झापाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-६ नारायणटारस्थित सडकमा बा.७० प ८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने सिरहा भगवानपुर गाउँपालिका-१ घर भएका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मी, सत्यवती गाउँपालिका-३ दानसिङस्थित सडकमा लु.२ स ००९९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया ताराराधी थापाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २५ वर्षीया बबीता तारामु समेत ४ जनाको मिशन अस्पताल पाल्पामा उपचार भईरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका-१ रेलवे ट्यागस्थित सडकमा ज.१ ह ५२३१ नम्बरको अटो र ज.१० प ८६९२ नम्बरको मोटसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिबास नगरपालिका-१४ बस्ने ५० वर्षीय देवेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक गौशाला नगरपालिका-५ बस्ने ४० वर्षीय शेख इसराइलको शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२६ घान्द्रुक चोकस्थित सडकमा ना.४२ प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय दिपेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-२५ बस्ने २२ वर्षीय अनिल महत्तोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिया, मधुवन नगरपालिका-८ स्थित सडकमा भे.११ प ६५४९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका-१ बस्ने ५५ वर्षीय काशीराम गोडियाले चलाएको डल्लपमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-४ सैनवार घर भएका ३६ वर्षीय तुलाराम थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । डल्लप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, याङवरक गाउँपालिका-१ सुकेधामस्थित सडकमा प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सहचालक फाल्गुनन्द गाउँपालिका-४ बस्ने २८ वर्षीय रोशन चेम्जोङको बुधबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकस्थित सडकमा बा.५३ प ६९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रे धुलिखेल नगरपालिका-१० बस्ने ३२ वर्षीय महेश शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ बालगंगा पुल नजिक सडकमा ना.२७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहा, सिरहा नगरपालिका-७ बस्ने ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुर बस्ने ३९ वर्षीय सानु काजी चित्रकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगंजतर्फ लैजानेक्रममा बाटोमै र सानु काजीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित सडकमा बा.२१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका-७ बस्ने २० वर्षीय उत्सब घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उत्सबको उपचारको लागि बि एन्ड सि अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोष तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।