• गृहपृष्ठ
  • राप्रपालाई बलियो शक्ति बनाउन सक्नु नै सुर्यबहादुर थापाप्रती सच्चा श्रद्धाञ्जली – कमल थापा

राप्रपालाई बलियो शक्ति बनाउन सक्नु नै सुर्यबहादुर थापाप्रती सच्चा श्रद्धाञ्जली – कमल थापा

Apr 15th, 2021

काठमाडौं ,बैशाख २

पुर्ब प्रधानमन्त्री एबं राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको स्मृति दिवसको अबसरमा राप्रपा अध्यक्ष कमल थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके उहाँप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । राप्रपा सुर्य बहादुर थापाको “लिगेसी” भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाको चाहना भएको समेत बताएका छन् । कमल थापाले भनेका छन् “राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ बर्ष पुरा भयो।स्व।थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धांजली व्यक्त गर्दछु।

राप्रपा स्व.सूर्यबहादुर थापाको ‘लिगेसी’ हो । उहॅा काङ्ग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनु हुन्थ्यो । त्यसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व।थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछू ।