• गृहपृष्ठ
  • निशाको स्वर, बिष्णुबाबुको शब्दमा ‘ओ प्रिया’ सार्वजनिक (भिडियो सहित)

निशाको स्वर, बिष्णुबाबुको शब्दमा ‘ओ प्रिया’ सार्वजनिक (भिडियो सहित)

Apr 14th, 2021

काठमाडौ, बैशाख १

गायिका निशा कंडेलले आफ्नो चर्चित गीत ’तस्विर’को भाग २ ’तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

गीतकार बिष्णुबाबु देवकोटाको शब्दमा रहेको यस प्रेमिल गीतलाई संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। गीतमा स्वर गायिका निशा कंडेल र गायक अमन प्रधानको रहेको छ । गायक प्रधानकै बुवा राहुल प्रधानले यस गीतलाई संगीत संयोजन गरेकाहुन् ।

भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन् । तस्विरमा प्रेम सम्बन्धमा रहेका यो जोडीलाई तस्विर २ मा विवाह बन्धनमा बाधिएको देख्न सकिन्छ। उनीहरु बीचको प्रेम र रोमान्स हेर्न पुरा भिडियो हेर्न पर्ने हुन्छ ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यो भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल ’निशा कंडेल’ मार्फत सार्वजनिक गरिएको हो ।