• गृहपृष्ठ
  • एकैदिन थपिए ६०३ सङ्क्रमित, १२९ जना डिस्चार्ज

एकैदिन थपिए ६०३ सङ्क्रमित, १२९ जना डिस्चार्ज

Apr 14th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १ वैशाख

बुधवार थप ६०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार ७४० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७४० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ५६ जना छन् । हालसम्म २३ लाख २५ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १२९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १२९ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७४ हजार ४४९ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६१ पुगेको छ।