• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि

Apr 13th, 2021

काठमाडौ, चैत ३१

नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेकाछन । यो बर्षको अन्तिम कारोवार दिन आज मंगलबार नेप्से २३ दसमलव २३ अंकले बढेर २७ सय १४ दसमलव ७९ अंकमा पुुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ९९ अंकले बढेर चार सय ८६ दसमलव २८ अंकमा चढेको छ । आज दुुई सय नौ वटा कम्पनीहरुको ७६ हजार ९४ पटकको कारोवारमा एक करोड ४६ लाख ९१ हजार छ सय ४३ कित्ता सेयर किनबेच हुुंदा कुल कारोवार रकम सात अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयााँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटाले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ३६ अंकले बढेर १८ सय ८१ दसमलव १२ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ८८ दसमलव ९२ अंकले घटेर १३ हजार छ सय ५९ दसमलव ८७ अंकमा झर्दा जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा ग्लोवल आईएमई लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक लिमिटेड परेको छ ।