• गृहपृष्ठ
  • राज र बिष्णु फिचर्ड ‘जलेर खरानी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

राज र बिष्णु फिचर्ड ‘जलेर खरानी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 13th, 2021

काठमाडौ, चैत ३१

गायक राज लिम्बुले आफ्नो नयाँ गीत ’जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् । सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएकाछन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ । यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेकाहुन् ।

नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई रया्क गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड भएकाछन् । यसका साथै भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ । बिष्णुको अभिनय तारिफ योग्य छ ।

इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल ’राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।