एकैदिन १७ अंकले बढ्यो नेप्से

Apr 12th, 2021

काठमाडौ, चैत ३०

नेप्से एकै दिन १७ अंकले बढेको छ । नेप्से आज सोमबार १७ दसमलव दुई अंकले बढेर २६ सय ९१ दसमलव ५५ पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ७८ अंकले बढेर चार सय ८० दसमलव २९ अंकमा चढेको छ । आज दुुई सय १६ वटा कम्पनीहरुको ८० हजार नौ सय ५९ पटकको कारोवारमा एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ६१ करोड आठ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेकाछन भने छ वटाको घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८१ अंकले बढेर १८ सय ३८ दसमलव ७६ अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने आज ७५ दसमलव १९ अंकले घटेर चार हजार ५३ दसमलव २८ अंकमा झरेकोमा जलबिद्युुत, टे«डिङ, फाईनान्स, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साञ्जेन जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने एनआईसी एशिया बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।