• गृहपृष्ठ
  • विदेशमा गएका युवायुवतीबाट मनोरञ्जनमा गर्ने खर्चमा कटौति, रेमिट्यान्समा बढोत्तरी

विदेशमा गएका युवायुवतीबाट मनोरञ्जनमा गर्ने खर्चमा कटौति, रेमिट्यान्समा बढोत्तरी

Apr 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ३०

विदेशमा कामजानेहरु घट्दा पनि रेमिट्यान्स भने बढेको देखिएको छ । अझ महामारी लागि पछि कैयन युवाहरु काम छाडेर नेपाल आएका छन् । यसका बाबजुद पनि नेपालमा रेमिट्यान्स भने करिब १० दशमलव नौ प्रतिशतले बढेको छ ।

विदेशमा कामको खोजिमा गएकाहरुले महामारी सुरु भएसँगै त्यहाँ गर्ने अन्य खर्चमा कटौति गरेका छन् । मनोरञ्जनका लागि उनिहरुले खर्च गर्न छाडेका छन् । महामारीका कारण भोलिका दिनमा फेरी के होला भन्ने उनिहरुमा भय छ । यहि भयका कारण उनिहरुले पैसा खर्च नगरि राखेका छन् । जसका कारण रेमिट्यान्समा बढोत्तरी भएको छ।

यसरी खर्च नगरि राखेको पैसा उनिहरुले नेपालमा बालबच्चाको पढाइका साथै आगामी दिनमा आउने समस्या समाधान गर्नका लागि नेपालमा पठाएका छन् । जसका कारण रेमिट््यान्स बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्मा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरि अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

यता माघ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या माघमसान्तसम्म ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

बैदेशिक रोजगारीबाट आएको रकमले शिक्षा तथा स्वास्थ्य मात्रै होइन यसले गरिबि घटाउन पनि मद्दत गरेको छ । तर सरकारले यस्तो रकम उत्पादनमुलक काममा भने लगाउन सकेको छैन । जसका कारण बाहिरबाट आयात भने बढिरहेको छ।

रेमिट्यान्स देशको उत्पादनमुलक काममा लगाउन सके र निर्यात बढाउन सकेमात्रै भोलिका दिनमा बिदेशीएका युवाले नेपालमा आएर काम गर्न सक्छन् । र उनिहरु कामको खोजिमा फेरी बिदेश जानु पर्दैन । तर रेमिट्यान्स आयात र उपभोगमा खर्चने हो भने युवा बिदेशीने क्रम निरन्तर चलिनै रहनेछ ।