• गृहपृष्ठ
  • ‘दिलमा सर्किट बनेर’ भन्दै प्राञ्जल (भिडियो)

‘दिलमा सर्किट बनेर’ भन्दै प्राञ्जल (भिडियो)

Apr 11th, 2021

काठमाडौ, चैत २९

प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को संगीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।

रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेकाछन । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक÷स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए ।

यस्तै संगीतकार सागर अधिकारीले एउटा राम्रो गीत पस्किएको बताउनुभयो । गीतको भिडियो पनि राम्रो बनेको उनले बताए । सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ आएको अधिकारी बताउँछन ।