• गृहपृष्ठ
  • प्रेमिल शैलीको ‘यी आँखाका नानीमा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

प्रेमिल शैलीको ‘यी आँखाका नानीमा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 11th, 2021

काठमाडौ, चैत २९

अमेरिकामा बसेर पनि नेपाली माटो नभुलेका गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन् । ’यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ । यस गीतलाई मनोज साङ्सोन राईले संगीतवद्ध गरेका हुन् ।

श्यामस्वेत शैलीमा निर्माण गरिएको भिाडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएकाछन् । यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएकोे हो । ज्यासमिन क्रियसन मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।