• गृहपृष्ठ
  • किरण र अस्मिताको ‘मन खाने माया’ सार्वजनिक (भिडियो)

किरण र अस्मिताको ‘मन खाने माया’ सार्वजनिक (भिडियो)

Apr 11th, 2021

काठमाडौ, चैत २९

युवा पुस्ताका चर्चित गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश गीत ’मन खाने माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतलाई बेलायतवासी गीतकार दिप गिरीले लेखेका हुन् । गीतमा संगीत चर्चित संगीतकार शंकर थापा ’स्माइल’को रहेको छ । यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय रहेको छ । रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।