• गृहपृष्ठ
  • गायक श्री खत्रीको नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक श्री खत्रीको नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 11th, 2021

काठमाडौ, चैत २९

अमेरिकाको टेक्सास निवासी गायक श्री खत्रीले आफनै स्वर, शब्द र संगीतमा नयाँ गीत ’बिरानो जंगल’ सार्वजनिक गरेका छन् । प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीत ’बिरानो जंगल’ मा वास्सी छु को ड्रम र पिक्रसन रहेको छ । गीतको भिडियोलाई पुरा एनिमेसिन गरि बनाइएको छ । थ्रिलर एनिमेटेड भिडियोलाइ द वान हु अनिमेट्सका बिबिन मानन्धरले तयार गरेका हुन् ।

’बिरानो जंगल’ भिडियोलाइ लिफर्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा उच्च गुणस्तरको एनिमेशन प्रविधिबाट गीतको कथा भन्न खोजिएको छ ।