• गृहपृष्ठ
  • थप ३३७ जनामा कोरोना सङ्क्रमण, १५१ जना डिस्चार्ज

थप ३३७ जनामा कोरोना सङ्क्रमण, १५१ जना डिस्चार्ज

Apr 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, चैत २८

शनिबार थप ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ५३२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ८०० जना छन् । हालसम्म २३ लाख ९ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३९ पुगेको छ।