• गृहपृष्ठ
  • २०७४ साल देखि निजी विद्यालयको शुल्क महानगरले निर्धारण गर्ने

२०७४ साल देखि निजी विद्यालयको शुल्क महानगरले निर्धारण गर्ने

Apr 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २७

२०७४ साल देखि संस्थागत अर्थात निजीविद्यालयको शुल्क अनुगमन र श्रेणीकरणकमा भईरहेको अन्योलतालाई आउँदो नयाँ शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले सुधार्ने भएको छ । हाल काठमाडौँ महानगरपालिका भित्र संस्थागत विद्यालयहरु ६ सय ४१ वटा छन् । यस्ता विद्यालयहरुलाई महानगरपालिकाले २०७४ साल देखि श्रेणीकरण गरी शैक्षिक गुणस्तर, सेवा सुविधाका आधारमा क, ख, ग, घ, र विशिष्ट गरी पाँच श्रेणीमा विभाजन गरेको थियो । यसरी श्रेणीकरण र शुल्क अनुगमन गर्न चुकेको स्वीकार गर्दै अहिले यो वर्ष २०७८ देखि संस्थागत विद्यालयको अनुगमन र शुल्क निधारणमा उक्त अन्योलतालाई हटाउने काठमाडौँ महानगरपालिकका प्रमुख रामप्रसाद सुवेदीले बताए ।

२०७६ सालको तथ्याङ हेर्दा निजी तथा संस्थागत विद्यालयहरु मध्ये घ श्रेणी अनुसार कक्षा १ देखि ५ मा १ हजार ६ सय ३० लिन पाउँछन् । त्यसैगरी ग क्षेणीमा २ हजार २४ र ख ले २ हजार ४ सय १८ र क ले २ हजार ८ सय १२ रुपैँया लिन सक्ने अनुमानित शुल्क तोकिएको छ । तर यता निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सञ्जेलले भने महानगरले बारम्वार यस्ता प्रस्ताव माग गर्ने तर २०७४ सालमा गरिएको विद्यालय बर्गिकरण र शुल्क निर्धारण नै लागु भईरहेकाले यस्ता जिम्मेवारी प्याप्सन लाई नै दिनु पर्ने बताउँ छन् ।

यसरी महानगरपालिकाले शुल्क प्रस्ताव माग गर्ने तर व्यवहारमा लागु नगर्ने गर्दा धेरै यस्ता संस्थागत विद्यालयले मनोमानी ढंगले शुल्क निधारण गरिरहेका छन् ।