• गृहपृष्ठ
  • “शिक्षा नै धन हो” भन्ने नाराका साथ शिक्षा सहजकर्ता तालिम सम्पन्न

“शिक्षा नै धन हो” भन्ने नाराका साथ शिक्षा सहजकर्ता तालिम सम्पन्न

Apr 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २६ चैत

नेपाल एसोसिएशन अफ युनिभर्सिटी वोमेन (NAUW) को आयोजनामा “शिक्षा नै धन हो” मुल नाराका साथ शैक्षिक श्रोत तथा बिकास केन्द्र कुपोन्डोलमा भएको दुई दिने शिक्षा सहजकर्ता तालिम आज मिति २०७७ चैत्र २६ गते सम्पन्न भएको छ।

नेपाल एसोसिएशन अफ युनिभर्सिटी वोमेन NAUW का अध्यक्ष रमिता सुवालको सभा अध्यक्षतामा चैत्र २५ र २६ गते भएको तालिममा कार्यक्रम सम्योजक बिना महर्जन , ERDCN का प्रबन्ध निर्देशक भिम प्रसाद पोख्रेल , तथा प्रशिक्षक अमृता श्रेष्ठ , सदस्य उन्नति न्याछ्योन,गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारी ,सदस्य शान्ती डङ्गोल ,खुसिबु महिला जागरणका अध्यक्ष प्रतिमा मानन्धर ,सम्भावना नेपालका सचिब सरिता बज्राचार्य , सदस्य सुशिला महर्जन,लुमन्तीका सहजकर्ता रिजना श्रेष्ठ , गणेश महिला बिकास सहकारीका सदस्य प्रशम्सा लाखे श्रेष्ठको सहभागितामा भएको शिक्षा सहजकर्ता तालिमको मुख्य उदेश्य शिक्षा सहजीकरण ,सीप र पाठय सामाग्री सहज कार्यान्वयन रहेको छ।

महिला सशक्तिकरन , साक्षरताको अबधारना ,प्रौढ शिक्षा ,सीपमुलक तथा आयमुलक तालिम, आर्थिक ब्यवस्थापन , सामाजिक रुपान्तरण ,लैङ्गिक हिंसा लगायतको बिषयमा सहभागितामुलक छलफल गरिएको कार्यक्रम उपलब्धिमूलक रहेको प्रशिक्षार्थी गोदावरी सरोकारका सदस्य शान्ती डङ्गोलले जानकारी दिएकी छिन।