नेप्सेमा झिनो अंकले सुधार

Apr 8th, 2021

काठमाडौ, चैत २६

नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज बिहिबार नेप्से दुुई दसमलव ७४ अंकले बढेर २६ सय ७४ दसमलव ३५ अंकमा चढेको भएपनि सेन्सिटिभ भने शुन्य दसमलव २८ अंकले घटेर चार सय ७६ दसमलव ५१ अंकमा पुुगेको छ । आज दुुई सय सात वटा कम्पनीहरुको ७१ हजार दुुई सय ४१ पटकको कारोवारमा एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब ५५ करोड ६६ लाख १६ हजार छ सय ८० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८९ अंकले बढेर १८ सय २० दसमलव ९५ चढेकोमा बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, फाईनान्स, लघुुबित्त र सामुुहिक लषनी कोष समुहको सुचकहरु पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज २३ दसमलव ३३ अंकले घटेर २६ सय १४ दसमलव ३९ अंकमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।