• गृहपृष्ठ
  • आज पनि तोलामा १००० ले बढ्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

आज पनि तोलामा १००० ले बढ्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

Apr 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २६

आज पनि सुनको मूल्य बढेको छ । बुधवार तोलामा ८८ हजारमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १००० ले बढेर ८९ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १००० ले बढेर ८८ हजार ५५० मा कारोवार भएको छ । यस अघि बुधवार तेजावी सुन रु ८७ हजार ५५० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले वृद्धि भएको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २ सय ६० तोकेको छ । यस अघि बुधवार चाँदी प्रतितोला रु एक हजार २ सय ४५ मा कारोबार भएको थियो ।