नेप्सेमा सामान्य गिरावट

Apr 7th, 2021

काठमाडौ, चैत २५

नेप्सेमा सामान्य गिरावट आएको छ । नेप्से आज दुुई दसमलव ८५ अंकले घटेर २६ सय ७१ दसमलव ६१ अंकमा झर्दा सेन्सिटिभ भने शुन्य दसमलव ६२ अंकले बढेर चार सय ७६ दसमलव ८० अंकमा चढेको छ । दुुई सय १५ वटा कम्पनीहरुको ७६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ६५ लाख ९३ हजार पाँच सय एक कित्ता सेयर किनबेच भएकाछन भने कुलु सेयर कारोवार रकम सात अर्ब २६ करोड ६९ लाख ७२ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले कमाएकाछन भने सात वटाले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव २३ अंकले बढेर १८ सय १९ दसमलव छ पुग्दा बिकास बैंक, होटल तथा पर्यटन, लघुुबित्त, फाईनान्स र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ३३ दसमलव तीन अंकले घटेर २६ सय ३७ दसमलव ७१ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा महिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।