• गृहपृष्ठ
  • मानवताको लागि सहयोग नेपालको ‘कापी–कलम अभियान’ शुरु, झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

मानवताको लागि सहयोग नेपालको ‘कापी–कलम अभियान’ शुरु, झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

Apr 7th, 2021

काठमाडौ, चैत २५

मानवताको लागि सहयोग नेपाल (एचएचएन) ले कापी किताव अभियान शुरु गरेको छ । गैह्रनाफा मुलक संस्था एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान शुरु गरेको हो ।
त्यस अभियान अन्र्तगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री तथा इसीडी कक्षाको लागि ¥र्याक हस्तातरण गरेको हो ।

शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरुमा पनि यस्तो कार्यलाइ निरन्तरता दिनेछौं ।’

यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयको इसीडी कक्षाको पुननिर्माणको लागि आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ । त्यसको लागि म हाम्रो विद्यालय संस्था प्रति आभारी छु ।’ उनले भने ।

कापी कलम अभियानको उदेश्य आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रष्ट पारे ।