• गृहपृष्ठ
  • गायक प्रबिन बेडवालको “सायद तिम्रो मेरो माया बस्यो की” सार्वजनिक

गायक प्रबिन बेडवालको “सायद तिम्रो मेरो माया बस्यो की” सार्वजनिक

Apr 7th, 2021

काठमाडौ, चैत २५

गायक गायिका प्रबिन बेडवाल अनि सीता तुम्रोक को आवाजमा रहेको “सायद तिम्रो मेरो माया बस्यो की” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निर्मला कुवर को शब्द सिर्जना तथा रमेश सुबेदीको संगीत मा सन्दीप कार्की ले एरेन्ज गरेका छन । क्यामेरा म्यान गो क्युरी नाम बाट ग्रीनिज बुक मा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ । सीता अफिसियल बाट उक्त भिडियो अपलोड भएका छन भने अमृत साही ठकुरी अनि गायिका स्वायम सीता तुम्रोक को रोमान्स हेर्न सक्नु हुन्छ । गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन ।