• गृहपृष्ठ
  • बढ्दैछ बिद्युत चोरी, नियन्त्रण नआए प्राधिकरणलाई ७० करोड घाटा

बढ्दैछ बिद्युत चोरी, नियन्त्रण नआए प्राधिकरणलाई ७० करोड घाटा

Apr 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,चैत २५

पछिल्लो समय बिद्युत चोरी पुन बढ्न थालेको छ। विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका काम अघि बढाृन नसकेसँगै यस्तो चुहावट बढ्न थालेको हो ।

बिद्युत प्राधिकरणको चुहाजवट गत वर्षको तुलनामा झन्डै एक प्रतिशतले बढेर गएको देखिएको छ । यस्तो चुहावट घटाउन नसके यसले प्राधिकरणलाई करोडौ क्षति पुराउन सक्छ ।

अब झनै गर्मि बढेर जाँदा तराईका क्षेत्रमा हुकिङ तथा बाइपास बढेर जाने देखिन्छ । अहिलेकै चुहावट घटाउन सकेन भने प्राधिकरणल चुहावटकै कारण यो वर्ष ७० करोड क्षति भोग्ने निश्चीत छ ।

बागमती प्रदेशको चुहावट पनि ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ । चिसो समयमा काठमाडौं उपत्यकामा विद्युत चोरी बढ्ने गर्छ । बिशेषगरि भक्तपुर र ललितपुरमा यस्तो चोरी हुने गरेको प्राधिकरण बताउँछ । कैयन स्थानमा यस्ता चोरी प्राधिकरणले नियन्त्रण गर्न सकेको छैन ।

गत वर्षको असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत रहेकोमा यो वर्षको माघ मसान्तसम्म यस्तो चुहावट बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ। गत वर्ष यस्तो चुहावट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरण लक्ष्य अनुसार काम गर्न नसकेपछि यो वर्ष पनि लक्ष्य गत वर्षकै राखेको छ ।

गत वर्ष दुई नम्बर प्रदेशमा चुहावट १५ प्रतिशत हुने गरेको थियो । जुन अहिले बढेर १६ प्रतिशत पुगेको छ ।

अहिले गर्मि लागेसँगै फेरी तराई क्षेत्रमा चुहावट बढेको छ । बिशेषगरि जनकपुर बितरण केन्द्र अन्तर्तगत पर्ने जिल्लाहरु बारा, पर्सा, सप्तरी र सर्लाहीमा बढि चुहावट हुने गरेको छ ।

यस्तो चुहावट घट्नुको साटो झनै बढेकोे छ । चुहावट हुने क्षेत्रका विद्युत प्राधिकरणका कर्मचारी यस्तो नियन्त्रण तर्फ लाग्न नसक्दा चुहावट झनै बढ्न गएको हो । हुनत ट्रान्समिसन् लाइन तथा ट्रान्सफर्मर गुणस्तरीय नहुँदा पनि चुहावट नियन्त्रण हुन्छ । तर अहिले प्राधिकरणले ट्रान्समिसन् लाइन र ट्रान्सर्फर भने फेर्ने तथा क्षमता बढाउने काम गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले चुहावट नियन्त्रणका काम अघि बढाउन नसक्दा यो झनै बढेर गएको देखिएको छ । गर्मि लागेसँगै तराई क्षेत्रमा हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने बढेकाले गत वर्षको तुलनामा १ प्रतिशतले चुहावट बढेको देखिएको हो । १ प्रतिशत चुहावट बढ्दा प्राधिकरणलाई वर्षमा झन्डै ७० करोड आर्थिक क्षति हुन्छ ।