• गृहपृष्ठ
  • निरन्तर “एसपीओटू”मोनिटरिङ सहित ओपो ब्याण्ड स्टाइल, नेपालमा उपलब्ध

निरन्तर “एसपीओटू”मोनिटरिङ सहित ओपो ब्याण्ड स्टाइल, नेपालमा उपलब्ध

Apr 6th, 2021

काठमाडौ, चैत २४

मार्च २३ का दिन काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फस्र्ट सेल कार्यक्रम मार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि विक्रि आरम्भ गरेको थियो । ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो ।

नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजन मोनिटरिङ फञ्शन पनि दिइएको छ । ओपो ब्याण्डले सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्स पनि उपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१(ईञ्च फुल(कलर एमोलेड स्क्रिन जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकुन् भन्ने सोचका साथयसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्ध गरिएको छ ।

निरन्तर एसपीओटू मोनिटरिङ

आजभोली अधवैशे तथा बृद्धाहरुमा निन्द्राको समस्या कुनै नौलो कुरा रहेन । यूवावर्ग माझ पनि तनाव तथा ब्यस्त कार्यतालिका लगायत कारणले गर्दा निन्द्रा सम्बन्धि समस्याहरु बढ्दै गइरहेको पाइन्छ । ओपो ब्याण्ड हेल्थ मोनिटरिङ फञ्शनले निन्द्रा सम्बन्धि समस्या पहिचान गर्ने कार्यमा सहयोग पु¥याउँछ । ब्याण्डले एक्यूरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्यूओस एसपीओटू मोनिटरिङ जस्ता फञ्शन सपोर्ट मार्फत प्रयोगकर्ताका समग्र निन्द्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ ।

यसमा दिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटू मोनिटरिङ गर्ने क्षमता राख्छ । यसको माध्यमबाट ओपो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामा पनि निरन्तररुपमा ब्लड अक्सिजन स्याचुरेशन पर सेकेण्ड मोनिटर गर्छ । यसले ८ घण्टाको स्लिप साइकलका दौरानलगातार २८ हजार ८ सय पटक पूर्णतयाःप्रयोगकर्ताको बडी अक्सिजन स्चाचुरेशन मापन गर्दै एसपीओटू मोनिटरिङ गर्छ । यसमा रहेको कन्टिन्यूओस् एसपीओटू मोनिटर र प्रोफेशनल स्लिप मोनिटर मार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ ।

ओपो ब्याण्डमा हर्ट रेट मोनिटरको पनि ब्यवस्गा गरिएको छ । यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले २४सै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ । धड्कन बढी हुँदा अनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालितरुपमा भाइब्रेट हुन्छ । ब्यायामका दौरान ओपो ब्याण्डले धड्कन मापन गर्ने हुँदा प्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोग्गिदै आफूले गर्नुपर्ने मेहनतका बारेमा बुझ्दै सहजै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।

सक्रिय जीवनका लागि १२ वर्क आउट मोड

निन्द्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै यूवाहरु ब्यायामकाबारेमापनिउत्तिकै चिन्तितहुने गर्छन् । यसको समाधानउपलब्ध गराउनओपो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगालगायतयूवावर्ग माझलोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलितगरिएको छ ।ओपो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदाप्रयोगकर्ताले हेट्याप हेल्थएपमार्फत आफ्नो प्रगतीनियाल्दै सक्रियजीवनकालागिथप प्रेरित हुने अवसर पाउँछन् ।

हरेक पहिरणमा सुहाउँदो डिजाइन

आफ्ना ब्यक्तिगत पृथक स्टाइल प्रदर्शित गर्ने यूवा पुस्ताका चाहना अनुसार ओपो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दूई स्टाइलमा उपलब्ध गरिएको छ । त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहना अनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथ ओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ ।

दिर्घकालिन सुविधा

ओपो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत कामगर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्यूजिक प्ल ब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् ।

ब्याट्रीको कुरागर्दा ओपो ब्याण्डमा उच्चकार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ । १०० एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमा चार्ज हुन्छ ।
आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपाली बजारमा मूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।