• गृहपृष्ठ
  • राजेश हार्डवेयरलाई कारवाही, बाँकी शाखाबारे अनुसन्धान सुरु

राजेश हार्डवेयरलाई कारवाही, बाँकी शाखाबारे अनुसन्धान सुरु

Apr 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ चैत

सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवयरले कम तौलको फलामे डन्डी विक्री गरेर उपभोक्तालाई ठगी गरेको पाईएपछि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्कालका लागि ३ लाख जरिवाना तोकेको छ । फाईल गत शुक्रबार उपभोक्ताले आफुले खरिद गरेको ८ बटा फलाम जन्य बस्तुमा १० देखि १५ प्रतिशत सम्म किलो ग्राममा फरक देखिए पछि गोरखकाली सोलार एण्ड मेटल वर्कसपले बालाजु चौकिमा उजुरी दिएपछि उक्‍त  घटना सार्वजनिक भएको हो ।

यता घटना सार्वजनिक भएको २ दिन पछि हार्डवेयरले ठगी गरेको पुष्टी भएपछि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्कालका लागि ३ लाख सम्म जरिवाना गरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका शिवराज सेडाईले जानकारी दिए ।

राजेश हार्डवेयरले अहिले नेपाल भर २३ स्थानमा आफ्नो शाखाहरु संचालन गर्दै आएको छ । यसरी फलाम जन्य बस्तु परिमाण भन्दा कम विक्री गर्दा उपभोक्ता सोझै ठगीने हुदाँ नेपाल गुणस्तर तथा नाप तौल विभागको क्षेत्रीय कार्यलयका प्रमुख मनिशकुमार दासले फलामे डन्डी लगाएत बस्तु खरिद गर्दा उपभोक्ता आफै सजग रहनु पर्ने बताए ।

भारतिय नागरीक कमल शर्मा उक्‍त  बालाजु शाखाका प्रमुख हुन् । अहिले विभागले तौल गरिएको बस्तुहरु नियन्त्रणमा लिएको छ, भने हार्डवेयर लाई शिल बन्दी गरेको छ । हार्डवेयरले कम्पनीको रड स्टील लगाएतका सामाग्रीहरु विक्री गर्दै आएको थियो ।