• गृहपृष्ठ
  • ४ हजार २४३ को नमूना परीक्षण गर्दा २६० जनामा कोरोना सङ्क्रमण

४ हजार २४३ को नमूना परीक्षण गर्दा २६० जनामा कोरोना सङ्क्रमण

Apr 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २४ चैत

मंगलबार थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ४ हजार २४३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार २४३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ९७९ जना छन् । हालसम्म २२ लाख ९४ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ११३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ११३ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७३ हजार ४५५ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।