एकै दिन १५ अंकले बढ्यो नेप्से

Apr 6th, 2021

काठमाडौ, चैत २४

नेप्से आज मंगलबार १५ दसमलव ७२ अंकले बढेर २६ सय ७४ दसमलव ४६ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि आज चार दसमलव ३४ अंकले बढेर चार सय ७६ दसमलव १८ अंकमा चढेको छ । दुुई सय १३ वटा कम्पनीहरुको ८१ हजार सात सय ५३ पटकको कारोवारमा एक करोड ६१ लाख आठ हजार चार सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार सात सय ३८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकापनि सात वटा समुहले भने कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ५९ अंकले घटेर १८ सय १३ दसमलव ८३ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स र अन्य समुहको सुचक पनि उच्च अंकले घटेकाछन । बिकास बैंक समुहको सुचक भने २९ दसमलव ९७ अंकले बढेर दुुई हजार छ सय ९४ दमसलव ३९ अंकमा चढेको छ भने जलबिद्युुत, होटल तथा पर्यटन, लघुुबित्त, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा युुनाईटेड इदी मर्दी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।