• गृहपृष्ठ
  • ब्युटिसियन ट्यालेन्ट चितवनको ताज पहिरहन सफल भईन रेश्मा श्रेष्ठ कुँवर

ब्युटिसियन ट्यालेन्ट चितवनको ताज पहिरहन सफल भईन रेश्मा श्रेष्ठ कुँवर

Apr 6th, 2021

काठमाडौ, चैत २४

क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनको नारायणगडमा ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१ भब्य रुपमा सम्पन्न भएको छ । उक्त प्रतिश्प्रधामा सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१ को ताज पहिरहन सफल भएकी छिन । त्यसैगरी फर्स्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप शान्ति थापा र भिउवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जित्न सफल भएका थिए ।

ब्युटिसियन ट्यालेण्ट चितवन बिजेता श्रेष्ठले रु. पचास हजार नगद सहित सम्पूर्ण प्रतिश्प्रधिहरुले रोज शिप विकास तालिम केन्द्र रविभवन काठमाण्डौमा एक हप्ताको सेल्फ मेकअप निशुल्क पाउने भएका । साथै विजेता सबैले क्राउन, सर्टिफिकेटको साथमा फाइटो म्याक्स कम्पनि स्किन एड बाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै उपाधि विजेताहरुले म्युजीक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकि अध्यक्ष सरिता आचार्यले जानकारि गराएकी छिन ।

प्रतियोगिताको निर्णायकहरु बरिष्ट सौन्दर्यबिद सोनी कारंजित, सञ्चारकर्मी, कलाकार तथा निर्देशक सुर्य चन्द, समाजसेवि तथा सौन्दर्यकर्मी अन्जु बुढाथोकि रहेका थिए । ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य, स्वास्थ्य तथा कृषि समिति सभापति बागमति प्रदेशका घनश्याम दाहाल (अभिनाश) र अतिथिहरुमा समाजसेवी दिपक थापा, समाजसेवी बलराम सैंजु रहेका थिए । ब्युटिसियन ट्यालेण्ट चितवन–२०२१ को इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफिमा एलिना गुरुङ रहेका थिए भने कार्याक्रम संचालन मोडल, म्युजिक भिडियो निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए ।