एक दसमलव १३ अंकले बढ्यो नेप्से

Apr 5th, 2021

काठमाडौं, चैत २३

नेप्से आज सोमबार एक दसमलव १३ अंकले बढेर २६ सय ५८ दसमलव ७४ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दसमलव शुन्य नौ अंकले बढेर चार सय ७१ दसमलव ८४ अंकमा चढेको छ । दुुई सय १२ वटा कम्पनीहरुको ७३ हजार पाँच सय ९८ पटकको कारोवारमा एक करोड ५८ लाख ५३ हजार नौ सय ९३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब २९ करोड ६७ लाख ६० हजार एक सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७९ अंकले घटेर १८ सय १४ दसमलव ४२ अंकमा झरेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र लगानी समुहको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने ४६ दसमलव ४९ अंकले बढेर २५ सय ५६ दसमलव ६९ अंकमा चढेकोमा लघुुबित्त, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युुनाईटेड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।