• गृहपृष्ठ
  • शिक्षकलाई सेवा अवधिको आधारमा तीन लाख सम्म सुविधा

शिक्षकलाई सेवा अवधिको आधारमा तीन लाख सम्म सुविधा

Apr 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं चैत २२

ललितपुर महानगरपालिकाले ५० बर्ष उमेर पुगेका सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई लक्षित गर्दै स्वेच्छिक अवकाश योजना ल्याएको छ । यसका लागि सेवा अवधिका आधारमा थप सुविधा उपलब्ध गराईने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

अवकास लिन चाहने शिक्षकलाई बाँकी सेवा अवधिका आधारमा एक लाख देखि तीन लाख रुपैंया सम्म उपलब्ध गराउने निर्णय भएको हो । महानगरपालिकाको शिक्षाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीका अनुसार, आउँदो साउन पछि १ बर्ष सेवा अवधि बाँकी रहेका शिक्षकहरुका लागि एक लाख, दुई बर्ष सेवा अवधि बाँकी रहेकालाई एक लाख ५० हजार, तीन वर्ष बाँकी रहेकालाई दुई लाख, चार वर्ष बाँकी रहेकालाई दुई लाख ५० हजार र पाँचदेखि १० वर्ष सम्म सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपैयाँ दिने महानगरले घोषणा गरेको छ ।

स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले ३० दिन भित्र कागजात सहिते शिक्षा महाशाखामा निवेदन दिनु पर्ने छ । शिक्षा मन्त्रालयले शुरु गरेको शिक्षक दरबन्दी मिलानलाई सहज बनाउन उतm योजना ल्याईएको महानगरपालिकाले जनाएको छ ।