• गृहपृष्ठ
  • नायिका आँचल शर्मा अभिनित ‘निलो कुर्ताले’ सार्वजनिक(भिडियो सहित)

नायिका आँचल शर्मा अभिनित ‘निलो कुर्ताले’ सार्वजनिक(भिडियो सहित)

Apr 3rd, 2021

काठमाडौ, चैत २१

गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ’निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन् । शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।