• गृहपृष्ठ
  • मैया र तिलकको आवाजमा ‘गर्छु नमस्कार’, साङ्लो बोरोसहित चर्चित कलाकारहरुको अभिनय(भिडियो सहित)

मैया र तिलकको आवाजमा ‘गर्छु नमस्कार’, साङ्लो बोरोसहित चर्चित कलाकारहरुको अभिनय(भिडियो सहित)

Apr 2nd, 2021

काठमाडौ, चैत २०

गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।
वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन ।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन । उक्त म्युजिक भिडियोमा हरिश निरौला साङ्लो बोरो,उशा उप्रेती, कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।