• गृहपृष्ठ
  • सुरज शाही ठकुरीको गीत‘के लेखु शब्दमा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

सुरज शाही ठकुरीको गीत‘के लेखु शब्दमा’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 2nd, 2021

काठमाडौ, चैत २०

सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत’के लेखु शब्दमा’ सार्वजनिकभएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रेको छ । आफ्नो प्रेमीकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमा आफ्नो प्रेमिका प्रतिको प्रेमभावलाई दर्शाईएको छ । गीतलाई अडियो झैँ आकर्षक रुपमा एजिएल इन्टरटेनमेन्टले तयार गरेको छ ।

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । ’गीतको शब्दलाई दृश्यमार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौं’ उनले भने । गीतमा लोकप्रिय मोडल निराजन प्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । पछिल्लो समय नायक अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो ।

गीतको सार्वजनिक भिडियोमा आज्ञासंग निराजनको प्रेमभावलाई दर्शाइएको छ । एकअ र्काप्रतिको प्रेमलाई लिएर भिडियोलाई शान थापाले तयार गरेका हुन् । एजिएल इन्टरटेनमेन्ट कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेकाहुन् ।