नेप्से १२ अंकले बढ्यो

Apr 1st, 2021

काठमाडौ, चैत १९

नेप्से बढेको छ । आज बिहिबार नेप्से १२ दसमलव ८८ अंकले बढेर २६ सय ३१ दसमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ अंकमा चढेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ७४ हजार दुुई सय आठ पटकको कारोवारमा आज एक करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब २५ करोड नौ लाख २४ हजार एक सय २४ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेर रातो देखिएपनि नौ वटा समुहको सुचक बढेर हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ४३ अंकले बढेर १८ सय ११ दसमलव ५४ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहहरुको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने ७७ दसमलव २२ अंकले घटेर ३५ सय ७५ दसमलव ३१ अंकमा झर्दा जीवन बीम, सामुुहिक लगानी कोष र लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा कमाउने कम्पनीरुको सुचीमा आज पहिलो स्थानमा साञ्जेन हाईड्रो पावर कम्पनी परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।