अब चैत्र २७ मा ‘गुड फ्रेन्ड’

Apr 1st, 2021

काठमाडौ, चैत १९

नयाँ बर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ नामक फिल्म चैत्र २७ मा प्रदर्शन हुने भएको छ । साथीसाथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो ।

पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की,राज सिंह,दीपक बिक्रम शाही,एलवी कटुवाल,राजन महर्जन,बसन्त बर्मा,पूजा महर्जन,धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् । बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा,राज सिंह र पम्फा बर्मा अनि सहनिर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत,प्रदीप खड्काको द्धन्द्ध निर्देशन र सम्पादन प्रवल प्रधानको छ ।

केही बर्षअघि नै निर्माण सम्पन्न भए तापनि प्रदर्शनका लागि उचित समय पर्खदा नयाँ बर्ष ०७८ भेटिएको निर्माण पक्षले जनाएको छ । ‘गुड फ्रेन्ड’ दर्शकलाई सँधै ताजानै लाग्ने बिश्वास निर्माताको छ । निर्देशक सानेले आफ्नो फिल्मले साथीसाथीबीचको प्रेम बोल्ने बताउँछन् । नयाँ बर्षमा दर्शकलाई कोसेली स्वरुप फिल्म प्रदर्शन गर्न लागीएको निर्माण पक्षले जनाएको छ ।