• गृहपृष्ठ
  • सरकारको ७ प्रतिशतको लक्ष्यमा धक्का, विश्व बैंक भन्छ २.७ प्रतिशतको मात्रै आर्थिक बृद्धि

सरकारको ७ प्रतिशतको लक्ष्यमा धक्का, विश्व बैंक भन्छ २.७ प्रतिशतको मात्रै आर्थिक बृद्धि

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं चैत १९

सरकारले यो वर्ष झन्डै सात प्रतिशतको आर्थिक बृद्धि हुने आकलन गरेको छ । तर विश्व बैंकले यो वर्षको तेस्रो त्रैमाससम्म अझै अर्थतन्त्र नकारात्मक नै रहने बताएको छ । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धि दुई दशमलव सात प्रतिशतले बृद्धि हुने बताएको छ । अपेक्षा गरेभन्दा बढि रेमिट्यान्स आएकाले यो आर्थिक बृद्धि संभव भएको हुन बिश्व बैकको निष्कर्ष छ ।

कुल गार्हस्थ उत्पादनको तुलनामा सबैभन्दा उच्च रेमिट्यान्स प्राप्त गर्ने देशहरुमध्ये नेपाल बिश्वमा नै तेस्रो स्थानमा छ । कुल गार्हस्थ उत्पादनको झन्डै २७ प्रतिशत बराबर हुने गरि नेपालमा रेमिट्यान्स आउछ । अपेक्षा गरिएको भन्दा बढि आएको रेमिट्यान्स मात्रै होइन, कोरोना महामारी बिरुद्ध लगाइएको खोपका कारण पनि आर्थिक गतिबिधी चलायमान भएको र छिट्टै सुधार आएको बिश्व बैंकको भनाई छ । यसअघि भने बिश्व बैंकले यो वर्षको आर्थिक बृद्धि शुन्य दशमलव ६ प्रतिशतले बृद्धि हुने आकलन गरेको थियो ।

साथै दक्षिण एसिया क्षेत्रमा सरकारहरुले लिएका आर्थिक पुनरुत्थानका कार्यक्रमसँगै सहुलियतपुर्ण ऋणका कारण यो वर्ष यो क्षेत्रको आर्थिक बृद्धि सात दशमलव दुई प्रतिशतले बृद्धि हुने विश्व बैंकको अध्ययनमा उल्लेख गरिएको छ । छिमेकी मुलुक भारतको भने सबैभन्दा बढि अर्थात १० दशमलव एक प्रतिशतले आर्थिक बृद्धि हुने बताएको छ ।