• गृहपृष्ठ
  • संस्थागत विद्यालयलाई शुल्क विवरण बुझाउन महानगरको निर्देशन

संस्थागत विद्यालयलाई शुल्क विवरण बुझाउन महानगरको निर्देशन

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं चैत १९

काठमाडौं महानगरपालिकाले विभिन्न संस्थागत विद्यालयलाई वैशाख १५ गतेभित्र शुल्क विवरण बुझाउन सूचित गरेको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमाभित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।

विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ ले निर्धारण गरेको मापदण्ड अनुरुप शुल्क निर्धारण गरी वैशाख १५ गतेभित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नुपर्नेछ ।

महानगरपालिकाभित्र हाल ६४५ निजी विद्यालय सञ्चालित छन्विद्यालयले मनमौजी शुल्क लिइरहेको गुनासो आएपछि नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।