• गृहपृष्ठ
  • सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक(हेर्नुस् भिडियाे)

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक(हेर्नुस् भिडियाे)

Mar 31st, 2021

काठमाडौ, चैत १८

गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन छ ।
गीतको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल (बले) गोभिन सिंह बिस्टले अभिनयमा साथ दिएका छन् । बुद्ध थापाले छायाङ्कन गरेका छन् भने भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । सहायक निर्देशनको जिम्मा सुबोल थापाले गरेका छन् । भिडियोमा नवीन निरौलाको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी रहेको छ । यो गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायिका सोना अमात्यले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गरेकी हुन् । ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीत सार्वजनिक गरेकी उनी आफ्ना गीतहरुमा मोडलिङ पनि गर्छिन् । ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर सोना विज्ञापन एजेन्सी चलाउँछिन् ।