• गृहपृष्ठ
  • किन हुँदैछ कोरोना बीमा भुक्तानीमा ढिलाई ?

किन हुँदैछ कोरोना बीमा भुक्तानीमा ढिलाई ?

Mar 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं चैत १८

कोरोना बीमा पछिल्लो समय समयमै भुक्तान हुन सकेको छैन । साउन भदौमा नै कोरोना पुष्टि भएकाहरुले समेत अहिलेसम्म भुक्तान पाउन सकेका छैनन् ।

सरकारले भुक्तान गर्नुपर्ने रकम समयमै निकासा हुन नसकेका कारण पछिल्लो समय बीमा कम्पनीहरुले रकम भुक्तान गर्न सकेका छैनन् । यता बिमा कम्पनी आफुहरुले दिने रकमजसो सबै भुक्तान पनि गरिसकेका छन् ।

किोरोना बिमा बापतको रकम भुक्तानीका लागि बिमा समिति, बिमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनी मिलेर बनाएको कोषबाट साढे तीन अर्व रकम भुक्तान भइसकेको छ ।

यस्तो कोषमा रकम सकिएपछि अहिले बिमाको रकम पाउन योग्य भएका करिब १५ हजारले रकम समयमा पाउन सकेका छैनन् ।

बिमा कम्पनीहरुले जनाएअनुसार कोरोना पुष्टि भएका करिब ८७ हजार १ सय ९२ वटा दावी कम्पनीहरुमा परेका छन् । यसमध्ये अहिलेसम्म करिब ५६ हजार सात सय ९८ बिमा रकम पाउनका लागि योग्य भएका छन् । जसमध्ये ४० हजारले त रकम पनि पाइसकेका छन् । करिब यि ४० हजारलाई रकम भुक्तान गर्दा नै साढे तीन अर्ब रकम सकिएको बिमा कम्पनीहरु बताउँछन् ।

यो तीन अर्व रकममा बिमा कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिजे भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट पनि भुक्तान गरिएको छ ।

साढे ३ अर्ब भन्दा माथिको रकम सरकार आफैले ब्यहोर्ने बताएकाले अहिले कम्पनीहरु सरकारबाट रकम माग गरिरहेका छन् ।

बिमा समितिले जनाए अनुसार ३ अर्ब रकम समितिले अर्थमन्त्रालयसँग माग गरिसकेको छ । तर ५ हजार जति दाबी भने इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखाबाट स्वीकृत हुन बाँकि छन् । असोज अघि नै दाबी परेका यस्ता दाबीहरु इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखाबाट कोरोना लागेको पुष्टि हुन सकेका छैनन् ।

यसलाई कसरी टुंगोमा लाने रकम दिने वा नदिने भनेर बिमा कम्पनीहरुले निर्णय गर्न सकेका छैनन् । अब बिमा कम्पनीहरुले झन्डै ८ अर्ब ७० करोड बराबरको रकम भुक्तानी गर्न बाँकि छ ।