• गृहपृष्ठ
  • व्यवहारीक शिक्षा तर्फ आकर्षित हुदैँ विद्यार्थी

व्यवहारीक शिक्षा तर्फ आकर्षित हुदैँ विद्यार्थी

Mar 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ चैत

हराउँदै गएको नेपाली कला, धर्म, संस्कृति र भुगोलको विषयमा छोटो समयमा विद्यार्थीहरुले धेरै सिकुन् भन्ने उद्धेश्यका साथ युवाहरुले आफ्नै लगानीमा एकादेशमा एग्रोकल्चरल सेन्टर चलाएका छन् ।

काठमाडौँको गोठाटार ८ स्थित एकादेशमा एग्रोकल्चरल सेन्टरमा विद्यार्थीहरुले बस्तुलाई छोएर,बजाएर र चलाएर पुराना बस्तुहरुको अवलोकन गर्न पाउने छन् ।

बढ्दो प्रविधिको विस्तार संगै गाउँघरमा प्रयोग हुने पुराना मौलिकता हराएको भन्दै पहिलाको र अहिलेको पुस्तालाई परिचय गराउने र अबको पुस्तालाई परिचय गराउँदै यो पुस्ता कता जादैँ छ भनेर चिनाउनका लागि यो सेन्टर खोलिएको स्थापक बसन्त सापकोटाको भनाई छ ।

आजभोलि बालबालिकाहरु कम्पुटर र मोबाईलमा धेरै रमाउने हुदाँ विद्यालय स्तरबाटै यस्ता ठाउँहरको खोजि हुनु जरुरी भएको सरोज खनाल बताउँछन् । याहाँ विद्यार्थीहरु आइसकेपछि विश्व ब्रहमाण्डको भुगोल देखी नेपालको मौलिक तथा परम्परागत बस्तुहरुको संग्रह लोकबाजा, भेषभुषा, प्रविधिको विकाशक्रम, नेपालका प्रख्यात बस्तुहरु, विभिन्न सुचक चिन्ह, बातावरण मैत्री कुराहरु देख्न पाउनेछन् । यसरी प्रत्यक्ष घर वरपर देख्न नपाएका कुराहरु अवलोकन गर्न पाउँदा विद्यार्थीहरु पनि हर्षित अनुभव गर्ने विद्यार्थीहरुको भनाई छ ।

यता बालबालिकाहरुको वौद्धिक विकाशका लागि युवा बर्गले गरेको यो प्रयास अत्यन्तै राम्रो भएपनि यस्ता संस्था खोल्नका लागि सरकाले सहयोग दिए झन् व्यवस्थित हुने भम्रण गराउन ल्याउने शिक्षक शिक्षिकाको भनाई छ ।

लामो अनुसन्धान पछि २०७६ साल पुस २१ देखि सानो लागानीमा पाँचजना युवाहरुको पहलमा यो सेन्टर खुलेको हो । याहाँ भिजिट गर्नका लागि एक विद्यार्थी बरावर ३५० रुपैँया लाग्ने छ । जसमा विद्यार्थीले पुरा मनोरन्जनका साथ माईन्ड फुलनेश मेडिटेशन समेत गर्ने छन् । याहाँ जनका लागि विद्यालयहरुले अनलाईन बाट प्रि बुकिङ पनि गर्न सक्छन् ।