एकै दिन ३२ अंकले बढ्यो नेप्से

Mar 30th, 2021

काठमाडौ, चैत १७

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार ३२ दसमलव १५ अंकले बढेर २५ सय ७५ दसमलव ६६ अंकमा पुुग्दा सेन्सिटिभ पनि छ दसमलव १९ अंकले बढेर चार सय ५६ दसमलव १० अंकमा पुगेको छ । दुुई सय नौ वटा कम्पनीहरुको ६८ हजार छ सय ४५ पटकको कारोवारामा एक करोड २२ लाख नौा हजार नौ सय ७६ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम छ अर्ब १८ करोड ५६ लाख ७९ हजार चार सय ९८ रुपैयाँँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ र उत्पादनमुुुलक समुहरुको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ६८ अंकले बढेर १७ सय ६५ दसमलव २५ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि ९५ दसमलव ९८ अंकले बढेर २४ सय १५ दसमलव ४५ अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वोमी माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।